शनिबार, ८ वैशाख २०८१

पति पक्राउ परेपछि पहिलो पटक शिल्पाले दुई पेज लामो नोट लेख्दै सार्वजनिक गरिन् आफ्नो धारणा

समयपोष्ट २०७८ साउन १८ गते २१:५२

Advertisement

पति राज कुन्द्राको गिरफ्तारीपछि बलिउड नायिका शिल्पा शेट्टीले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ सार्वजनिक गरेकी हुन् । उनले दुई पेज लामो नोट लेख्दै आफू र आफ्नो परिवारको गोपनीयताको सम्मान गर्न पनि मिडियालाई आग्रह गरेकी छन् ।

शिल्पाले लेखेकी छन् :

हो, केही दिन यता हरेक प्रकारले मुस्किल रह्यो । हामीमाथि कयौं आरोप लागे र भ्रम फैलाइए । मिडिया र मेरा कथित शुभचिन्तकले मेरो र परिवारका बारेमा कयौं कुरा भने । मेरो सम्पूर्ण परिवारलाई ट्रोल गरिएको छ । हामीमाथि प्रश्न उठाइएको छ ।

यो मामिलामा मेरो धारणा अहिलेसम्म केही आएको छैन र आगामी दिनमा पनि म चुप रहन्छु । मेरो नाममा झुटो कुरा नबनाउनुस् ।

एक सेलिब्रेटीका रुपमा मेरो दर्शन भन्नु नै कहिल्यै गुनासो नगर्नु र कहिल्यै सफाइ नदिनु नै हो । म यतिमात्र भन्छु कि अहिले अनुसन्धान भइरहेको छ । मलाई मुम्बई प्रहरी र भारतको न्यायालयमाथि भरोसा छ । एक परिवारका रुपमा हामीले कानुनी मद्दत लिइरहेका छौं । त्यतिन्जेलसम्म म तपाईहरुसँग निवेदन गर्दछु, खासगरी एउटी आमाका रुपमा कि हाम्रो बच्चाका लागि हाम्रो परिवारको गोपनीयताको सम्मान गरिदिनुुस् । साथै म निवेदन गर्दछु कि आधा–अधुरा जानकारीमाथि वास्तविकता नबुझिकन प्रतिक्रिया दिन बन्द गर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री