शनिबार, १५ वैशाख २०८१

आफ्नो छवि बिगारेको भन्दै शिल्पाले मिडिया विरुद्ध हालेको मुद्दामा यस्तो सुनुवाइ

समयपोष्ट २०७८ साउन १७ गते १२:४६

Advertisement

मुम्बई उच्च अदालतले बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दामा सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा र उनका पति राज कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ ।

सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू भने हटाइएको छ । न्यायाधीश गौतम पटेलले शिल्पाको निवेदनमाथि मध्यनजर गर्दै मिडियामाथि रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि गलत प्रभाव पर्ने उल्लेख गरिएको छ ।

सुनुवाइको क्रममा प्रहरीका अनुसार समाचार बनाउनु गलत नभएको उल्लेख गरिएको छ । नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी र मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी थिइन् । उनले मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री