काठमाडौंका यी तीस स्थानमा आज दिनभर विद्युत आपूर्ति बन्द

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ।

Advertisement

बुधबार बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म काठमाडौंकाे स्यूचाटार-स्वयम्भु फिडर अन्तर्गत बाफल पुल, सोल्टी दोबाटो, बुढाथाेकी काेल्ड स्टाेर, मुसलवान टाेल, सिभिल होम्स, टाैखेल, सीतापाइला, त्रिशक्ती केवल, ज्याेती एकेडमी, शुभेच्छा हस्पिटल, गाेल्छा, शरणपुर, रानीपाटी, छकडाेल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ।

त्यस्तै सीता हाेम्स, थापाचाेक, आदेश्वर मन्दिर, इच‌ंगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सीताराम स्कुल, सुर्ती कारखाना, रामकोट, भीमढुँगा, नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरुमा पनि विद्युत आपूर्ति बन्द हुने छ।

नेपाल विद्युत प्राधिकरणले कुलेश्वर बितरण केन्द्र अन्तर्गत विद्युत लाइन मर्मत तथा रुखकाे हाँगाविगा काट्नका लागि दिनभर विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री