
काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बढाउने तयारी गरिएको छ ।
बुधवार मध्यरातबाट निषेधाज्ञाको समय सकिनुअघि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्ट बैठकमा बस्दै छन् ।
बैठकले अहिलेकै मोडलको निषेधाज्ञालाई थप एक साता बढाउने तयारी गरेको बताइृएको छ ।
तीनवटै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णयले भदौ ३ को मध्यरातदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।










प्रतिक्रिया