
भिडियो कन्फरेन्सिंग मार्फत तेल – ग्यास सहयोगमा नेपाल -भारत संयुक्त कार्यदल (जेडब्ल्यूजी) को दोस्रो बैठक सम्पन्न भएको छ ।
भारत सरकार पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव एस एन बी रेड्डी र नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको सह अध्यक्षमा १३ अगस्ष्टमा सम्पन्न बैठकमा भारतीय राजदूतावास काठमाडौंका प्रतिनिधिहरू, भारतीय सार्वजनिक क्षेत्रको तेल र ग्यास कम्पनीहरू इंडियन ऑयल कॉरपोरेशन लिमिटेड (आईओसीएल), गेल र एचपीसीएल, नेपालका अर्थ तथा विदेश मन्त्रालय र नेपाल आयल निगम (एनओसी) का अधिकारीहरु सहभागी थिए ।
बैठकले मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पदार्थ पाइपलाइनको कामका लागि सन्तुष्टि व्यक्त गरेको छ । जुन सेप्टेम्बर २०१९ मा दुबै देशका प्रधानमन्त्रीहरूले संयुक्त रुपमा उद्घाटन र सञ्चालन गरिसकेका थिए। दक्षिण एशिया क्षेत्रमा पाइपलाइन पहिलो किसिमले आपूर्ति भइरहेको छ। एनओसीको अमलेखगञ्ज डिपोमा नेपालको अधिकांश ईन्धनको भण्डारण छ।
बैठकमा दुबै पक्षले पेट्रोलियम उर्जा क्षेत्रमा भविष्यका सहयोगका क्षेत्रहरूमा पनि छलफल गरे जसमा नेपाललाई पेट्रोलियम पदार्थको आपूर्तिका लागि नयाँ पाइपलाइनको सम्भावनाबारे पनि छलफल भएको बताईएको छ ।
दुबै पक्षले बैठकमा आ-आफ्ना कम्पनीहरूलाई पेट्रोलियम क्षेत्रमा संलग्नता विस्तार गर्न नजिकबाट काम गर्न प्रोत्साहन दिएका थिए ।
जेडब्ल्यूजी संयन्त्र आईओसीएल र एनओसीबीचको लामो समयदेखि रहेको सहकार्यलाई अझ सुदृढ पार्नका लागि तेल र ग्यास क्षेत्रमा दुई देशबीच सहकार्यका क्षेत्रलाई विविधीकरण गर्नका लागि २०१७ मा स्थापित गरिएको थियो। जेडब्ल्यूजीको पहिलो बैठक यस वर्ष जनवरीमा नयाँ दिल्लीमा भएको थियो।










प्रतिक्रिया