बिहीबार, २० वैशाख २०८१

एसईईको नतिजा सार्वजनिक

समयपोष्ट २०७७ भदौ १ गते १८:५७

Advertisement

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हाे ।

यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरण प्राप्त भएको बोर्डले जनाएको छ । सोही विवरणलाई बोर्डले रुजुर ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो । नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने छ ।

गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । कोरोनाभाइरसको महामारी लामो समयसम्म गएपछि सरकारले जेठ अन्तिम साता विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
लामो समयसम्म विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्‍न उचित नभएको निष्कर्षसहित सरकार यो निर्णयमा पुगेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री