बिहीबार, १३ वैशाख २०८१

टिभिएसको नयाँ मोटरसाइकल लाईभ स्मार्ट लन्चमार्फत अनावरण हूँदै

समयपोष्ट २०७७ साउन ३२ गते १९:३९

Advertisement

अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले स्मार्ट कनेक्ट र एबिएस् सहितको २०० सिसिको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले सोमबार नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत उक्त बाईक सार्वजनिक गर्न लागेको हो ।

सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज लगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यो कार्यक्रम एउटा खुल्ला सहभागीता मुलक समारोह रहेको छ जसमा कम्पनीले उपलब्ध गराउने लिंक(https://www.facebook.com/jmtvs/live)को माध्यमबाट इच्छुक व्यक्तिहरुले सहभागिता जनाउन पाउने छन्।

उक्त लाईभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले गर्ने भएका छन्। नयाँ मोटरसाइकल अनावरण बाहेक उक्त कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति समेत प्रदान गर्ने छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री