आइतबार, ६ जेठ २०८१

श्रीमान खाडीमा श्रीमती नयाँ श्रीमानको खोजिमा

सम्बन्ध विच्छेद समधान कि समस्या ?

समयपोष्ट २०७७ साउन ३२ गते ९:०६

Advertisement

कृष्ण वर्मा

सम्बन्ध विच्छेद लोग्ने र स्वास्नी बीच सामाजिक परम्परा र कानुन बमोजिम विवाहबारीबाट जोडिएको नाता कानुन सम्मत लोग्ने स्वास्नीको नाताबाट अलग रहनु हो । सम्बन्ध विच्छेद समधान की समस्या अहिले यो द्विविधाको विषय बन्न थालेको छ । केही समय अघि यो ठूलो कलकं मानिन्थ्यो । तर आजकाल यो अति सामान्य लेनदेन जस्तो मुद्दा बनेको छ ।

श्रीमान घर श्रीमती र छोरा छोरीको लागि विदेश जान्छ, श्रीमानले विदेशमा दुःख गरेर धन पैसा कमाई पठाउछ, श्रीमतीलाई अब पैसाको आवश्यकता पर्न छोडी उसलाई श्रीमानको आवश्यकता पर्छ त्यसमा केही पुरुषहरु यसैको पर्खाईमा कुरेर बसी रहेका हुन्छन ।

Advertisement

कानुनले सम्बन्ध विच्छेद गर्नलाई ऐन नियम बनाईदिएको छ जसमा लोग्ने, स्वास्नी कुन कुन अबस्थामा सम्बन्ध विच्छेद गर्ने भन्ने कुरा स्पष्ट रुपमा निर्दिष्ट गरेको छ । तर अहिले गरिने सम्बन्ध विच्द्धछेद कानुनुले निर्दिष्ट गरेको आयम भन्दा भिन्दै किसिमले हुने गरेको छ । जसले समाज र परिवारमा नकरात्मक असर पार्न थालिसकेको छ । दिनहुँ जस्तो अदालतमा दर्ता हुने सम्बन्ध विच्छेदको फिराद अध्ययन गर्दा कस्तो देखिन्छ भने सम्बन्ध विच्छेद केही पनि होईन, जुन जहिले र जुनसुकै अबस्थामा पनि गर्न सकिन्छ, अदालतमा हुने सम्बन्ध विच्छेद मुद्दाको प्राया जसो फिराद पत्रमा देख्न आएको कारक अति भन्दा अति सामान्य जसले सम्बन्ध विच्छेद जस्तो ठूलो अभ्यास गराउन सक्छ भन्ने कुरा कल्पना पनि गर्न सकिदैन, जसमा श्रीमान÷श्रीमतीको फोनमा अरुको फोन आउनु, सामाजिक संजालमा बढि समय व्यतित गर्नु, खर्च गर्नु, मिसकल हान्नु, घर ढिला आउनु, समयमै खबर नगर्नु, कुनै सामान्य चिजको जानकारी नगराउनु, अरुको कुरामा लागि आधारहिन हल्ला सुन्नु, निराधार कुरालाई माध्यम बनाउनु आदी जस्ता अति सामान्य कारक तत्व छन जसले सम्बन्ध विच्छेद जस्तो दीर्घकालिन समस्या निम्ताउछ ।

अहिले यसरी विकराल बनेको सम्बन्ध विच्छेद महिलाहरुको हकमा केन्द्रित भई गरेको निर्णयको प्रतिफल हो भन्न कत्ति पनि अत्युक्ति नहोला । प्राचीन समयमा महिलाहरुले अनेक बाधा व्यवधान सहनु पर्ने, कानुनको यथोचित प्रयोग लाई सामाजिक कलंकको रुपमा लिईनु, महिला शिक्षा देखि टाढा रहनु जस्ता कुराहरुले महिलाहरुलाई यस कुराबाट अलि टाढा राखेको थियो । जसले गर्दा सम्बन्ध विच्छेद आवश्यकता पर्दा समेत गर्न सक्दैनथे यो दुःखको कुरा थियो । त्यसैको फलस्वरुप यसलाई परिमार्जित गरेर महिलाको हकमा अलि शक्तिशाली कानुन बनायो र अहिले समाजमा दिन प्रतिदिन अभ्यास भई रहेको छ ।

सम्बन्ध विच्छेद पनि आफै माग्ने र सम्बन्ध विच्छेद गरेवापत धन सम्पत्ति पनि अनि श्रीमान चाही श्रीमती र सम्पत्ति विहिन भएर सडकमा पुग्ने गरेको प्रमाणहरु तमाम देख्न सकिन्छ ।

सम्बन्ध विच्छेद वास्तवमा समधान हो, तर अहिले जुन रुपमा बढ्दै गैरहेको छ यो समधान नभएर समस्या हो । अझ अहिले आएर त सम्बन्ध विच्छेद अर्थ उपार्जनको विषय जस्तो सम्म बन्न पुगेको छ, विवाह केही दिनमा सम्बन्ध विच्छेद अनि सम्पत्ति आदी आदी, । विवाह बन्धनमा बाधिनु सानो र सामान्य कुरा होईन यसरी पवित्र बन्धनमा आफ्नो पक्षलाई मात्र ध्यान दिएर गरिने सम्बन्ध विच्छेदको असर कहा“ र कहिले सम्म पार्छ भन्ने कुरा यो गर्नुले सोच्नु पर्छ, यसैको लागि एउटा प्रसंग जोडन चाहन्छु, जिल्ला अदालतमा सम्बन्ध विच्छेद गर्न आएका एकजोडी मध्ये लोग्ने चाही रोईरहेको थियो, श्रीमतीले बाहिर गेटमा बसेर आफन्त संग कुरा गर्दै थिईन, पहिला सबैले सम्बन्ध विच्छेद गर भनेर मैले सम्बन्ध विच्छेद गर्ने सोच बनाए, अहिले कसैले पनि नगर भन्छन, तर मैले जे भो भो, अब मैले सम्बन्ध विच्छेद गर्छु, जे गर्छु ठीक गर्छु भनेर भनीन । यो कुरा सोच्नु पर्ने बाध्यता भई सकेको छ, सम्बन्ध विच्छेद श्रीमान र श्रीमतीले मात्र गर्न सक्दैनन यसमा अरु आफन्तहरुको पनि बढ्दो हात हुन्छ तर असर भने आफूलाई र आफ्ना परिवारलाई मात्र । सम्बन्ध विच्छेद गरिसके पछिको अबस्थाको बारेमा सायद थोरैले सोच्ने गर्छन जस्तो लागेको छ । दुवै जनाको सम्बन्ध विच्छेदले धेरैलाई असर पारेको हुन्छ, जहा“ घर, माईत, ससुराल, छर छिमेक र समाजमा ।

अहिलेको सम्बन्ध विच्छेदको मुख्य कारक तत्व भनेको विदेशी पैसा (रेमीट्यान्स्) र सूचना प्रविधिमा भएको विकास बनेको छ भन्दा पनि हुन्छ । श्रीमान घर श्रीमती र छोरा छोरीको लागि विदेश जान्छ, श्रीमानले विदेशमा दुःख गरेर धन पैसा कमाई पठाउछ, श्रीमतीलाई अब पैसाको आवश्यकता पर्न छोडी उसलाई श्रीमानको आवश्यकता पर्छ त्यसमा केही पुरुषहरु यसैको पर्खाईमा कुरेर बसी रहेका हुन्छन । उनीहरुको जालमा यस्ता खाले महिलाहरु फस्न पुग्दछन र अन्तत सम्बन्द विच्छेद आवश्यक पर्छ । सम्बन्ध विच्छेद पुरुषले चाहेर महिलाले चाहे जसरी सजिलो हुदैन । अहिलेको परिमार्जित कानुनले श्रीमानले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउने मिल्ने व्यवस्था गरेसगै झन बढि मात्रमा बृद्धि भएको छ तर अहिले हुने सम्बन्ध विच्छेद मुद्दा प्राया जसो महिलाले नै दिएका हुन्छन ।

सम्बन्ध विच्छेद पनि आफै माग्ने र सम्बन्ध विच्छेद गरेवापत धन सम्पत्ति पनि अनि श्रीमान चाही श्रीमती र सम्पत्ति विहिन भएर सडकमा पुग्ने गरेको प्रमाणहरु तमाम देख्न सकिन्छ । सम्बन्ध विच्छेद त अहिले होटलमा सगै नास्ता खाएर, छुट्टिए जस्तो भएको छ, त्यसैले यो समधानकी समस्या ? सोचनीय विषय बनेको छ, आखिर सम्बन्ध विच्छेद श्रीमान श्रीमती र अरुको हुदै गर्दा यसको दीर्घकालिन समस्या भने हाम्रो समाजमा तिव्र गतिमा बढेको छ । सम्बन्ध विच्छेद अति आवश्यक र गर्नै पर्ने अबस्था अबलम्बन गरौ नकी कुनै सानो कुरामा सम्बन्ध विच्छेद गरी बाल बच्चा र श्रीमान श्रीमतीको बिचल्ली पार्न तर्फ अग्रसर भएको हाम्रो समाजले समयमै यसलाई रोक्न प्रयास गर्नु जरुरी छ ।
धुर्कोट २, पिपलधारा, गुल्मी

[email protected]

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री