शुक्रबार, १४ वैशाख २०८१

भारतले छिमेकी राष्ट्रहरुसंगको सम्बन्ध मजबुत बनाएको छ : प्रधानमन्त्री मोदी

समयपोष्ट २०७७ साउन ३१ गते १२:०२

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले छिमेकी राष्ट्रहरुसंग राम्रो सम्बन्ध बनाईरहेको बताएका छन् ।

भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा राजधानी नयाँदिल्लीस्थित लालकिलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले छिमेकी देशसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई भारतले मजबुत बनाईरहेको बताएका हुन् ।

प्रधानमन्त्री मोदीले जल र जमिन दुुवैसंग सिमा जोडिएका मुलुक भारतका असल छिमेकी रहेको समेत उल्लेख गरे । प्रधानमन्त्री मोदीले दक्षिण एसियामा विश्वकै एक चौथाइ जनसंख्या रहेको उल्लेख गर्दै यस क्षेत्रका नेताहरु एकजुट भएर विकासमा लाग्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री