
गोंगबु हत्या काण्डकी अभियुक्त कल्पना मुडभरी पौडेलले पुरुषहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र पैसाका लागि प्रयोग गर्ने गरेको खुलासा भएको छ ।
प्रहरीका अनुसार उनको हालसम्म तीन जनासंग विवाह भैसकेको छ । आफैले हत्या गरेकी कृष्ण बहादुर बोहोरासंग पनि उनको सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।
दुई बच्चाकी आमा कल्पनाले यसअघिका दुईजना पतिहरुसँग सम्बन्ध टुटाएको खुलेको छ । एकजनाले भने दुई बच्चा नै आफ्नो भनी देखापरेका छन् ।मृतक कृष्णबहादुर बोहरा कल्पनाको चौंथो पति बन्न चाहिरहेको अनुसन्धानबाट खुलेको छ । तर, कल्पना उनीसँग विवाह गर्न चाहिरहेकी थिइनन् । बरु उनले विवाह गर्नका लागि अर्को महिला मिलाइदिनेसम्म भनेकी थिइन् । तर, कृष्णबहादुर उनीसँग एकोहोरो प्रेममा पागल भए । जे गर्न पनि तयार भए । यतिसम्मकी कल्पनाले मागेको ५० लाख समेत व्यवस्था गरे ।
कल्पनाले ५० लाख दिन नमानेपछि कि त विवाह गर कि त ब्याजसहित फिर्ता गर्न भन्न थाले । यसरी शारीरिक र मानसिक दुवै तरिकाले तनाव दिनथालेपछि कृष्णबहादुरको योजनावद्ध हत्या गर्ने निर्णयमा पुगेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले बताएका छन् ।









प्रतिक्रिया