बुधबार, १२ वैशाख २०८१

गोंगबु हत्याकाण्ड : श्रीमान विदेशमा हुँदा आफ्नै घरमा पर पुरुषसंग रंगेहात समातिएपछि काठमाडौँ पसेकी थिईन् कल्पना

समयपोष्ट २०७७ साउन २९ गते १४:२२

Advertisement

गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना मुडभरी करीब चार बर्ष देखि श्रीमानसंग अलग बस्दै आएको खुलासा भएको छ । अभियुक्तका श्रीमान आफैले श्रीमतीको चरित्र ठिक नलागेपछि अलग बस्दै आएको बताएका छन् । कान्छी श्रीमतीको रुपमा भित्राएका कल्पनाको आचरण ठिक नभएपछि उनी जेठी श्रीमतीका साथ चितवनमै बस्दै आएको बताए । उनले लामो समयसम्म अलग बस्दै आएपनि आफुहरुबीच डिभोर्स भने नभएको बताए ।

उनका श्रीमानले कल्पना केही बर्ष बर्दियामा समेत बसेको बताए । बर्दियामा पर पुरुषसंग राती रंगे हात फेला परेपछि उनलाई आफ्ना दाजुहरुले घरबाट निकालेको समेत बताए । त्यसपछि कल्पना सानो छोरालाई चितवन छोडेर काठमाडौँ पुगेकी थिईन् । त्यतिबेला उनका श्रीमान वैदेशिक रोजागारीमा रहेको उनका श्रीमानले बताए ।

विदेशबाट फर्कदा एक पटक काठमाडौँ कल्पनाको कोठामा पुुगेको र त्यहीँ समय श्रीमतीको आचरणमा शंका लागेपछि कहिले नफर्कर्ने भन्दै उनी घर आएको उनले बताए ।

काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा आइतबार हत्या गरेर फालिएका अवस्थामा कृष्णबहादुर बोहोराको शव फेला परेको थियो ।  त्यसको भोलिपल्टै प्रहरीले अभियुक्त कल्पनालाई चितवनबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री