शुक्रबार, १६ चैत २०८०

गोंगबु हत्याकाण्ड : लिएको ५० लाख नतिर्ने बरु बलात्कार मुद्दा हाल्ने मुडमा थिईन् कल्पना

समयपोष्ट २०७७ साउन २८ गते १३:३९

Advertisement

कृष्णबहादुर बोहोरासंग कल्पना मुडभरी (पौडेल)ले पटक पटक गरेर ५० लाख रुपैयाँ लिएको खुलेको छ । सोमबार पक्राउ पर्नासाथ कृष्णबहादुरले छोरीलाई बलात्कार गर्न खोजेका कारण हत्या गरेको बताएकी कल्पनाले मंगलबार बयान फेरेकी छिन् ।

उनको पहिलो बयान घटनासँग बाझ्नेखालको थियो । स्लिपिङ ट्याबलेट, मान्छे अटाउने सुटकेश , हातखुट्टा बाँध्न प्लाष्टिकको झोला , हम्मर र चक्कु लगायतका सामान पहिलेनै जोडेकाले यस्तो घटना भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको दाबीपछि उनले मुख खोलेको प्रहरीले जनाएको छ ।

कल्पनाले कृष्णबहादुरसँग पटक पटक गरेर ५० लाख रूपैयाँ लिएकी थिइन् । उक्त रकम आफ्नो पार्टनरको भएका कारण छिट्टै फर्काउनुपर्ने दबाब थियो । पटक–पटक ताकेता गर्दा पनि कल्पनाले रकम फिर्ता गरिनन् । बरु, अरू–अरूको नामका चेक दिँदै टार्दै रहिन् । कृष्णबहादुर पैसा साट्न बैंक जान्थे तर अकाउण्टमा पैसा नभएका कारण घण्टौं लाइनमा बसेर फर्किन्थे । यही निहुँमा उनीहरूबीच केही महिनादेखि झगडा बढ्दै थियो ।

यसपछि कल्पनासँग नियमित शारीरिक सम्पर्कमा रहेका कृष्णबहादुरले छोरीतिर पनि मन डुलाउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसपछि कल्पनाले पैसा नतिर्ने, बरु बलात्कार मुद्दा हाल्ने भन्दै आएकी थिइन् । प्रहरीले कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि बरामद गरेको छ ।

कृष्णबहादुर हत्या अभियोगमा अहिलेसम्म कल्पना, उनकी छोरी र एम्बुलेन्सका ड्राइभर मात्र पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री