शुक्रबार, १४ वैशाख २०८१

एशियन लाइफ इन्स्योरेन्सको खुद नाफा ७८ प्रतिशतले वृद्धि

समयपोष्ट २०७७ साउन २८ गते ८:४०

Advertisement

एशियन लाइफ इन्स्योरेन्सले १८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा इन्स्योरेन्स ७८ प्रतिशतले खुद नाफा वृद्धि गर्न सफल भएको हो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क ३२ करोड ४४ लाख रुपैयाँ बढेर ४ अर्ब ५४ करोड ८ लाख पुगेको छ। असार मसान्तसम्ममा बीमालेख धितोमा २ अर्ब ४५ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको यस इन्स्योरेन्सले सो बापत ११ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

इन्स्योरेन्सले सो अवधिसम्ममा लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी ११ करोड ५७ लाख रुपैयाँ बढेर ५२ करोड ५ लाख ४० हजार रुपैयाँ पुगेको छ।

इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको छ। इन्स्योरेन्सको जगेडा कोषमा ५४ करोड ७० लाख रुपैयाँ रहेको छ। जीवन बीमा कोषमा २१ अर्ब ६१ करोड २ हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड १२ लाख रुपैयाँ सञ्चित छ ।

अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड ५२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १७ अर्ब १ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडामा ४ करोड ३० लाख रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्षमा इन्स्योरेन्सले ४ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हालसम्ममा २७ अर्ब ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या २ लाख ९० हजार ७२३ छ। इन्स्योरेन्सले सो अवधिसम्ममा ७ हजार १५७ कुल दाबी बापत १ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने ८६ दाबी बापतको २ करोड १७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।

असार मसान्तमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ६७.११ गुणा कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री