बिहीबार, १३ वैशाख २०८१

१४ वर्षीया छोरीलाई समेत ‘आँखा लगाएपछि’ हत्या

समयपोष्ट २०७७ साउन २७ गते ९:४६

Advertisement

काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा आइतबार हत्या गरेर फालिएका अवस्थामा फेला परेका कृष्णबहादुर बोहोराको हत्यामा पक्राउ परेकी युवतीनै संलग्न रहेको दाबी प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार शनिबार ती महिलाले आफ्नै कोठामा बोहोरालाई बोलाएकी थिइन् ।

त्यसक्रममा सुरुमा ती महिलाले कृष्णलाई बेहोस हुने औषधि खुवाएकी थिइन् । कृष्णले ती महिलाकी १४ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले हत्या योजना बनाएको खुलेको छ । कृष्णलाई बेहोस् बनाएपछि उनले धारिलो हतियारले घाँटी रेटेको प्रहरी दाबी छ ।

त्यसपछि उनी एम्बुलेन्स बोलाएर चितवन गएकी थिइन् । यसबाहेक उनीहरुबीच आर्थिक लेनदेन हुनसक्ने प्रहरी आशंका छ ।

पक्राउ परेकी महिलाको वास्तविक ठेगाना चितवनको कालिका नगरपालिकामा रहेको बताईएको छ । महिलासँगै प्रहरीले एम्बुलेन्स चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री