शनिबार, १५ वैशाख २०८१

७१.१० प्रतिशतले बढ्यो सिटिजन लाइफको खुद बीमाशुल्क

समयपोष्ट २०७७ साउन २५ गते १७:३२

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार कम्पनीले एक अर्ब ९२ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो अघिल्लाे आर्थिक वर्षको यसै अवधिको तुलनामा ७१.१० प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले २० करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ४ करोड ७१ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १७ करोड ४२ लाख रुपैयाँ र बीमालेख धितोमा ११ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७१ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड २७ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री