बीस बर्षिय युवतीसहित कोरोनबाट दुई जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुँनेको संख्या ७५ पगेको छ ।

Advertisement

थप दुई जनाको कोरोना संक्रमणबाट मृत्युभएसंगै कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमणका कारण निधन हुने पोखराका ६२ वर्षिया एक पुरुष रहेका छन् । मधुमेहका बिरामी उनको साउन २४ गते राती निधन भएको हो ।

यस्तै मृत्यु हुने अअर्की संक्रमित वीरगञ्जकी २० वर्षकी एक युवती रहेकी छिन् । उनको पनि सोहि दिन निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री