
रुसी सरकारले अक्टोबर महिनामा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् । यसका लागि विस्तृत खोप अभियान चलाउने तयारी गरिएको उनले बताए ।
मिखाइल मुराश्कोलाई उद्धृत गर्दै रुसी मिडियाले सबैभन्दा पहिले त डाक्टर र शिक्षकलाई कोरोना भ्याक्सिन दिइने जानकारी दिएको छ । समाचार एजेन्सी रोयटर्सले नाम नखुलाईएको स्रोतलाई हवाला दिँदै रुसको सम्भावित कोरोना भ्याक्सिनलाई यो महिना नियामक निकायले मञ्जुरी दिनेछ ।
यद्यपि, तीब्र गतिमा कोरोना भ्याक्सिन बनाउने रुसको कोसिसको विषयमा धेरै विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । शुक्रबार अमेरिकामका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले रुस र चीनले आफ्ना नागरिकलाई कोरोना भ्याक्सिन दिनु अघि यससँग जोडिएका सबै परीक्षण वास्तविक रुपमा नै गरिरहेका छन् भन्ने कुराको आशा गरिरहेको बताएका छन् ।
डाक्टर फाउचीले भनेका छन्, ‘यो वर्षको अन्त्यसम्म अमेरिकासँग सुरक्षित र प्रभावकारी कोरोना भ्याक्सिन उपलब्ध हुनेछ ।’ उनले भने, ‘मलाई लाग्दैन कि कोरोना भ्याक्सिन मामिलामा आधुनिक भ्याक्सिनका लागि हामीले कुनै अन्य देशमा निर्भर हुनु पर्नेछ ।’










प्रतिक्रिया