गुल्मीमा पहिरोबाट एकै घरका चार जनाको मृत्यु

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

Advertisement

शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका कारण बिना माझी उनका २ छोरा र एक छोरीको मृत्यु भएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।  घटना स्थलमा प्रहरी जाँदै गरेको र बिस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री