सोमबार, ७ जेठ २०८१

पाकिस्तानी अभिनेत्रीले लगाइन् आलियामाथि चोरीको आरोप

समयपोष्ट २०७६ भदौ १२ गते १३:२३

Advertisement

बलिउड अभिनेत्री आलिया भट्टमाथि चोरीको आरोप लागेको छ ।

पाकिस्तानी अभिनेत्री महविश हयातले आलिया माथि चोरीको आरोप लगाएकी हुन् । उनले आलियाले भर्खरै रिलीज गरेको ‘पराडा’ बोलको गीत पाकिस्तानी गीत ‘गोरे रंग’ सँग मिल्दोजुल्दो भएको बताएकी छिन् ।

उनले भनिन्, ‘यो धेरै नै अच्चम लाग्दो कुरा हो । बलिउडले सधैँ पाकिस्तानको बेइज्जत गर्छ । फेरि हाम्रो गीत पनि चोर्न छोड्दैन । कपिराइट उल्लंघन र रोयल्टी पेमेन्टसँग पनि उनीहरुलाई कुनै मतलब छैन ।’

हयातले ट्विटरमा लेख्दै भनेकी छिन्, ‘अब त अति नै भइसक्यो । के हामी अब जाग्न सक्छौँ रु बलिउडको एजेन्डा के हो ? कोही यिनीहरुलाई किन रोक्न सक्दैन ।’

Advertisement

ट्विटरका थुप्रै प्रयोगकर्ताहरुले उक्त गीतको बारेमा थुप्रै विवादका कुरा गरेका थिए । उनले प्रधानमन्त्री मोदीले पनि बलिउडका कलाकारलाई पाकिस्तानको विरुद्ध हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री