शुक्रबार, ७ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकप्रद आजबाट खुल्यो

समयपोष्ट २०७६ भदौ १२ गते ११:४८

Advertisement

मुक्तिनाथ विकास बैंकले चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद शेयर जारी गरेको छ ।

बैंकले बिहीबारबाट ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद जारी गरेको हो।

बैंकले हकप्रद बिक्री प्रयोजनका लािग २०७६ साउन ३१ गते शुक्रबार बुकक्लोज गरिसकेको छ। यसअनुसार बैंकको हकप्रद साउन ३० गते बिहीबारसम्म कायम शेयरधनीले मात्र भर्न पाउनेछन्।

भदौ १२ निष्काशन हुने बैंकको हकप्रदमा असोज १५ गतेसम्म धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन गर्न सकिन्छ। हकप्रद शेयर निष्काशनको प्रबन्धक भिबोर क्यापिटल रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री