शनिबार, ८ वैशाख २०८१

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७६ भदौ १२ गते ११:४०

Advertisement

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरि कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले अघिल्लो आर्थिक वर्षमा १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्ता लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।

गत आवको अन्त्यसम्ममा बैंकको शेयरधनी कोषमा लाभांश बाँड्ने रकम मुनाफा एक अर्ब ७० करोड ५७ लाख रुपैयाँ रहेको थियो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो। चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ सञ्चित छ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक सम्पुर्ण बैकिंङ सुबिधा प्रदान गरिरहेको छ। बैंकले देशभर १५७ वटा एटीएम सञ्चालन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री