बिहीबार, १५ चैत २०८०

प्राविधिक शिक्षालय बढ्दै

rss २०७६ भदौ ९ गते १८:३२

Advertisement

प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाइको विषय बनिरहेका बेला यहाँ प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालय तथा कलेज बढिरहेका छन् । पछिल्लो समय मात्रै दर्जर्नौ विद्यालयले कक्षा १२ सम्म विभिन्न विषयमा प्राविधिक शिक्षा प्रदान गरिरहेका छन् ।

सुनकुडामा रहेको सुनकुडा माध्यमिक विद्यालयले कम्युटर शिक्षा प्रदान गरिरहेको छ । त्यस्तै शिक्षोदय माध्यमिक विद्यालय बाग्थालाले कक्षा ९ देखि कक्षा १२ सम्म कम्प्युटर इञ्जिनीयरिङ् (आईटी) अध्यापन गराइरहेको छ । चौधारी माध्यमिक विद्यालय जुजीले आइएस्सी एजी, थलारा माध्यमिक विद्यालय थलाराले सिभिल इञ्जिनीयरिङ, सुनिपिपल चौर माध्यमिक विद्यालय सुवेडाले कृषि शिक्षा प्रदान गरिरहेको छ ।

त्यस्तै भोपुरमा रहेको सत्यवादी माध्यमिक विद्यालयले आइएस्सी एजी र कृषि शिक्षा, कुल मष्टजन माध्यमिक विद्यालय भातेखोलाले कृषि विज्ञान अध्यापन गराइरहेको छ । यता बुङ्गलको सरस्वती माध्यमिक विद्यालय बिजगडामा कम्प्युटर शिक्षा, बान्नीचौर माध्यमिक विद्यालय बान्नीचौरमा सिभिल इञ्जिनीयरिङ पठनपाठन भइरहेको छ । यस्तै दुर्गा भवानी माध्यमिक विद्यालय तल्कोटमा पशुविज्ञान र जालपा माध्यमिक विद्यालय देवलमा आइएस्सी एजी र कृषि जेटिए तथा भेटनरी जेटिए पठनपाठन हुँदै आएको छ ।

दक्ष शिक्षकसँगै प्रयोगशाला, पुस्तकालयलगायत अभावले गुणस्तरीय शिक्षा दिनमा भने निकै चुनौती रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक वसन्त सिंहको भनाइ छ । चुनौतीका बाबजुत पनि विद्यार्थीको रोजाइअनुसार विद्यालयले प्राप्त गरेका कोटामा राम्रो पठनपाठन भइरहेको प्राविधिक सहायक सिंहले बताउनुभयो ।

जिल्लामा प्राविधिक धारका यति धेरै विषय पठनपाठन हुँदा पनि विद्यार्थी गुणस्तरीय शिक्षा पाइन्छ भन्नेमा विश्वस्त नरहेका सत्यवादी माद्यामिक विद्यालयका शिक्षक शेरबहादुर ओलीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री