शुक्रबार, ४ जेठ २०८१

टाटा एच फाइभको बुकिङ खुल्ला

समयपोष्ट २०७६ भदौ ६ गते १४:०६

Advertisement

टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ्ग खुल्ला भएको छ ।

बिहीबारबाट बुकिङ्ग खुल्ला भएको गरिएको उक्त गाडी नाडा अटो शो २०१९ मा पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरिने

नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ ।

भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्नेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङ्ग रिफन्ड गर्ने जनाएको छ ।

Advertisement

क्रियोटेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

टाटा एच फाइभ ल्यान्डरोवरको ओमे गाडी एटप्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट–स्टप, सेमी डिजिटल इन्स्टु्रूमेन्ट कन्सोल, मल्टीफङ्गसनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री