शनिबार, ८ वैशाख २०८१

दलित छात्रालाई साइकल

rss २०७६ भदौ ४ गते १६:१६

 

Advertisement

उच्च शिक्षातर्फ आकर्षित गर्नका लागि गौशाला नगरपालिकाले ५३ दलित छात्रालाई साइकल वितरण गरेका छन् ।

त्रिभुवन माविको प्रागणमा आज आयोजित एक समारोहमा नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत दलित समुदायका छात्राहरुलाई एक थानका दरले साइकल वितरण गरिएका हुन् ।

मेयर छात्रवृत्ति कार्यक्रमअन्तर्गत यहाँका दलित छात्राहरुलाई साइकल वितरण गरिएको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । अगामी दिनमा नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीलाई लक्षित गर्दै आर्कषण प्याकेज ल्याउने तयारी गरिएको पनि उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ को योजना कार्यक्रमअन्तर्गत सो छात्रवृत्ति कार्यक्रम राखिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर खड्काले बताउनुभयो । छात्रवृत्ति पाउनेमा नगरपालिकाको नौवटा सामुदायिक विद्यालयका ५३ छात्रा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री