शनिबार, ८ वैशाख २०८१

नाडा अटो शोमा लन्च भएका नयाँ पाँच ब्राण्डका मोटरसाइकल र स्कुटर

समयपोष्ट २०७३ भदौ १५ गते ३:३५

 
 सुजुकी एक्सेस १२५ स्कूटर

Advertisement

विशाल गु्रप अन्तर्गत भी. जी. अटोमोबाइल्सले भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोबाट सुजुकी एक्सेस १२५ स्कूटर नेपाली बजारमा ल्याएको छ ।
सुजुकी एक्सेस १२५ संशोधित भई नयाँ बनावटमा आएको छ । नयाँ सुजुकी एक्सेस १२५ १८७० मिलिमिटर लम्बाई, ६५५ मिलिमिटर चौडाई, ११६० मिलिमिटर उचाईको छ भने यसको तौल १०२ के.जी. रहेको छ । यसले कम इन्धन खपत गर्नुका साथै यसको ६४ कि/लि माइलेज रहेको छ । स्कूटर हाल ४ विभिन्न रङ्गहरुमा उपलब्ध छन् । यसको बजार मूल्य १ लाख ९८ लहजार ९ सय रहेको छ ।

यामाहा रे जेडआर
yamaha

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘रे जेडआर’ स्कुटर ल्याएको छ। यो ट्रेन्डप्रति सचेत युवा लागि लक्षित गरिएको स्पोर्टी स्कुटर हो । एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी, सीभीटीजडित १३३ सीसी ‘ब्लु कोर’ इन्जिन भएको यो स्कुटरको आकर्षक डिजाइन, चालकमैत्री सुविधा र उच्च माइलेजले कम्पनिद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।  ५।२ लिटर इन्धन ट्यांकी भएको यो स्कुटरले ६६ किलोमिटर प्रतिलिटर माइलेज दिने बिज्ञप्तीमा उल्लेख छ ।  ड्रम ब्रेक मोडलको मूल्य १ लाख ८३ हजार ९ सय रुपैयाँ छ भने डिस्कको १ लाख ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ।  

 टिभीएस अपाचे आरटीआर २०० भी
rtr

नेपालका लागि टिभीएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले पावरफुल सेगमेन्टको मोटरसाइकल अपाचे आरटीआर २०० भी भित्र्याएको छ। एसआई ४स्ट्रोक, ओयल कूल्ड, सिंगल सिलीण्डर इन्जिन भएको यसमा १२ लिटरको इन्धन टंयाकी छ। यसको मुल्य २ लाख ८३ हजार ९ सय रुपैयाँमा तोकिएको छ । 

महिन्द्रा मोजो
mojo

नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता अग्नी मोटोनिक प्रालिले पावरफुल मोटरसाइकल मोजो बजारमा भित्र्याएको छ। भारतको पुनेबाट दक्ष राइडरले १२ सय किलोमिटरको दुरी पार गरी नेपाल आएर यो मोटरसाइकल सार्वजनिक गरेका हुन्। यसको ग्राउण्ड क्लियरेन्स १७३।५ मिमि छ र २१ लिटर इन्धन ट्याङ्की छ। यसको मूल्य ५ लाख ८० हजार रुपैयाँ राखिएको छ। 

यूएम
um

अमेरिकी कम्पनी यूएमको नेपालको लागि आधिकारिक विक्रेता आइएमइ अटोमोटिभ्सले नाडा अटो शोमा दुई नयाँ मोडल भित्र्याएको छ। यूएमका २८० सिसीका रेनिगेड स्पोर्ट्स र कमान्डो गरी दुई नयाँ मोडल सार्वजनिक गरिएको छ ।
दुवैको फिचर सामान्यतः मिल्दाजुल्दा छन् भने १८ लिटरको इन्धन ट्यांकी छन्। यी दुवैको मूल्य हाल सार्वजनिक नगरिएको तर ५ लाख रुपैयाँको हाराहारीमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री