बिहीबार, १३ वैशाख २०८१

‘अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार’बाट रिलायन्स इन्टरनेसनल एकेडेमी सम्मानित

समयपोष्ट २०७६ भदौ ४ गते १२:२२

Advertisement

काठमाडौँ कपनमा अवस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार २०१९–२०२२ जित्न सफल भएको छ ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार २०१९–२०२२ जित्न सफल भएको बिद्यालयले जनाएको छ ।

विद्यालयले यसअघि पनि सन् २०१५ मा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार २०१५—२०१८ जित्न सफल भएको थियो । नेपालभरिबाट ४१ विद्यालयले मात्र सो पुरस्कार प्राप्त गर्न सफल भएका छन् । सन् २०१२ मा सुरु भएको इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए) सामान्य पुरस्कारभन्दा महत्वपूर्ण छ ।

ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लासरुम थ्रु ग्लोबल लर्निङ कार्यक्रम अन्तर्गत रहेर रियाका विद्यार्थीहरूले एसिया, अफ्रिका र युरोपभित्रका ११ देशका विद्यालय एवम् विद्यार्थीहरूसँग विभिन्न परियोजनाअन्तर्गत शिक्षण सिकाइ प्रक्रियाको आदान प्रदान गरेका थिए ।

पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रमभित्र रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विद्यालयहरूसँग सहकार्य गर्दै विद्यार्थीहरूलाई यस कार्यक्रमले विश्वव्यापी क्षेत्रमा एकअर्काबाट सिक्ने मञ्च प्रदान गर्दै आएको छ ।

विद्यालयले विभिन्न १० ओटा परियोजनामार्फत् कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइ विश्वबजारका लागि आवश्यक ज्ञान, सीप, सोच र अवधारणाको विकास गराउन महत्वपूर्ण भूमिका खेलेकोमा विद्यालय पुरस्कृत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री