बिहीबार, १३ वैशाख २०८१

एनएमबी २४ र प्राइम बैंकको ३७ प्रतिशतले बढ्यो नाफा

समयपोष्ट २०७६ साउन ३० गते १२:४४

Advertisement

एनएमबी र प्राइम बैंकले नाफा बृद्धि गरेका छन् ।

एनएमबी बैंकले २४ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब ३१ करोड रुपयाँ नाफा गरेको छ। अघिल्लो वर्ष एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको थियो।

खुद व्याज आम्दानी चार अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी दुई अर्ब ९० करोड रुपैयाँ गरेको थियो।

सर्वसाधारणबाट ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले तीन अर्ब २० करोड रुपैयाँ बरोइङ गरेको छ।

अघिल्लो वर्ष बैंकले ८३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरि ७१ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

खराब कर्जा थोरैले सुधार गर्दै ०.८२ प्रतिशतमा झारेको छ। स्प्रेडदर ४.१४ बाट ४.२६ प्रतिशतमा बढाएको छ। आधार व्याजदर दोहोरो अंकबाट एक अंकमा झारेको छ। आधार व्याजदर ९.८६ प्रतिशत छ।

चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी तीन रुपैयाँले सुधार भएर २४ रुपैयाँ पुगेको छ।

त्यस्तै प्राइम बैंकले गत आर्थिक वर्षमा ३७ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्ष एक अर्ब ७२ करोड रुपैयाँ थियो। अघिल्लो वर्ष खुद व्याज आम्दानी २ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत वर्ष तीन अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ।

बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष ७२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी २१ रुपैयाँबाट २५ रुपैयाँ पुर्याएको छ।

खराव कर्जा केहि प्रतिशत विन्दुले बढेर ०.९२ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्देशन गरेको भन्दा तलै स्प्रेड दर भए पनि अघिल्लो वर्षको भन्दा बढाएको छ। स्प्रेडदर ४.२३ प्रतिशतबाट ४.३२ प्रतिशतमा पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री