शुक्रबार, १४ वैशाख २०८१

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको लागि अब अनलाइन मार्फत आवेदन गर्न सकिने

समयपोष्ट २०७६ साउन २८ गते १८:१६

Advertisement

ग्लोबल आइएमई बैंक लि.ले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ ।

यसका साथै ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइट धधध।नयिदबष्mिभदबलप।अयmमा गई आवेदन दिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले समय सापेक्ष रुपमा यस्ता प्रविधिहरु मार्पmत ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस्तो प्रकारको योजनाहरु ल्याउने गरिरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि/ सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले १४० शाखा, १४८ एटिएम, ३० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १८१ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री