शनिबार, २२ वैशाख २०८१

गरिमा विकास बैंकको नाफा ५९ करोड

समयपोष्ट २०७६ साउन २८ गते १२:०८

Advertisement

गरिमा विकास बैंकले असार मसान्तसम्ममा ५९ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा बैंकको नाफा ४६ करोड ८८ लाख रुपैयाँ थियो। खुद व्याज आम्दानी ३७.१८ प्रतिशतले सुधार गर्दै एक अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ।

बैंकले २६ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले निक्षेप संकलनभन्दा ऋण लगानीमा आक्रमक देखिएको छ। बैंकले अन्य बैंकहरु सँग ६ अर्ब ३४ करोड रुपैयाँ निक्षेप लिएर कर्जा विस्तार गरेको हो।

बैंकको चुक्ता पुँजी दुई अर्ब ७८ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४९ करोड दुई लाख रुपैयाँ जम्मा गरेको छ। प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट २१ रुपैयाँ पुर्याएको छ। खराब कर्जा ०.२७ प्रतिशतबाट ०.२० प्रतिशतमा झारेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री