बिहीबार, ६ वैशाख २०८१

उद्योगधन्दामा तत्काल बिद्युत महसुल नबढ्ने

समयपोष्ट २०७४ भदौ १५ गते ११:०५

सरकारले तत्काल उद्योगधन्दामा विद्युत्को महसुल नबढाउने भएको छ । 

Advertisement

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युत्को महसुल नबढाउने र उद्योगी व्यवसायीलाई कुनै अप्ठ्यारो नपारिने बताए ।  

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको भेटमा ऊर्जामन्त्री शाहीले भने, ‘विद्युत् महसुल वृद्धि गर्ने निर्णय तत्काल कार्यान्वयन हुँदैन । उद्योगी व्यवसायी ढुक्क भए हुन्छ ।” 
उनले उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत् उत्पादनमा तीव्रता दिनुपर्ने र त्यसमा निजी क्षेत्रले लगानीमा बढवा दिनुपर्ने र सरकारको कामकारबाहीलाई सहयोग गर्नुपर्नेमा जोड दिए । 
उद्योग परिसङ्घका पदाधिकारीले औद्योगिक क्षेत्रमा विद्युत्को महसुल बढाइए उद्योगधन्दा धरासयी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल निर्धारण आयोगमा पठाएको प्रस्तावमा औद्योगिक क्षेत्रमा ६६ प्रतिशतसम्म विद्युत् महसुल वृद्धि गर्ने प्रस्ताव गरेको छ । 
महसुल वृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाइ छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए । 

भेटमा सहभागी उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारको उज्यालो नेपालको अभियानले उद्योगी व्यवसायीलाई खुशी तुल्याएको र विद्युत्को क्षेत्रमा लगानीका लागि आफूहरुसमेत तयार रहेको बताए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री