राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बमबहादुर मिश्र बढुवा
समयपोष्ट
२०७६ साउन २४ गते १०:१५
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बमबहादुर मिश्र बढुवा भएका छन् ।
बिहीबार बसेको सञ्चालक समिति बैठकले मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । नियमन विभागको नेतृत्व गरिरहेका उनी केही दिनअघि मात्रै भुक्तानी तथा फर्छ्र्यौट विभागमा सरुवा भएका छन्।
केन्द्रीय बैंकमा आउनुअघि उनी बाणिज्य बैंकहरुमा कार्यरत थिए। उनले बाणिज्य बैंकहरुमा करिव ८ बर्ष काम गरेका छन्। सन् १९९५ देखि २००३ सम्म उनले काम गरेका थिए।
त्यसपछि उनी केन्द्रीय बैंक प्रवेश गरेका थिए। उनले बिएस्सी, एमबिए, एलएलबीका साथै टोकियोबाट आर्थिक नीतिमा एमफिल गरेका छन्।
विदेशी बिनिमय तथा ट्रेड फाइनान्समा उनको विशेष दक्षता छ। यसका अलावा नियमन तथा सुपरिवेक्षणमा पनि उनको दक्षता रहेको छ।
प्रतिक्रिया