बिहीबार, १३ वैशाख २०८१

‘सिटिजन लिडर्स नाइट २०१९’ सम्पन्न

समयपोष्ट २०७६ साउन २३ गते ९:३८

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन लिडर्स नाइट २०१९’को आयोजना गरेको छ ।

बुधबार काठमाडौंको होटेल सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले देशभरका उत्कृष्ट शाखा र सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत समेत गरेको छ ।

कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय स्तरका चार उत्कृष्ट शाखा प्रमुखहरु, सात उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा प्रमुख अतिथिका रुपमा कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरु उपस्थित थिए ।

कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुँयालले आगामी दिनहरुका लागि बोकेको लक्ष्य र कम्पनीको भावी योजनाबारे जानकारी दिए ।

प्रमुख अतिथि र कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय आचार्य र श्री श्रेष्ठ, कम्पनीका अध्यक्ष पाण्डे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले पनि कार्यक्रममा आ–आफ्नो मन्तव्य प्रस्तुत गरी सिटजन लिडर्सहरुको हौसला अझ बढाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री