बुधबार, १२ वैशाख २०८१

नेपालगञ्जमा अर्को छात्रा विद्यालय सञ्चालन

rss २०७६ साउन २२ गते १३:३२

Advertisement

छात्राहरु मात्र अध्ययन गर्ने अर्को विद्यालय यसै वर्षदेखि नेपालगञ्जमा सञ्चालनमा ल्याइएको छ । छात्रछात्रा दुवै पढ्न पाउने नेपालगञ्जको सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा यसै वर्षदेखि छात्रा मात्र अध्ययन गर्न पाउने व्यवस्था गरिएको हो ।

नेपालगञ्जका अधिकांश मधेशी र मुस्लिम समुदाय छोरीलाई छात्रा विद्यालयमा मात्र पढाउन रुचि राख्ने भएकाले प्राथमिक तहको छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाप्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।

नेपालगञ्जमै अर्को छात्राहरु मात्र अध्ययन गर्ने सरस्वती विद्यालय पनि सञ्चालनमा छ । विगतमा मधेशी समुदायको मात्र बसोबास रहेको यहाँका अभिभावक छोरीलाई विद्यालय पठाउँदैनथे । बिस्तारै छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना बढ्न थालेकाले समुदायका अगुवाहरु मिलेर ७७ वर्षअघि सरस्वती विद्यालय सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री