बिहीबार, १५ चैत २०८०

‘नाडा अटो शो’ राजधानीमा सुरु

समयपोष्ट २०७४ भदौ १३ गते ११:१७

नाडा अटो शो राजधानीको भृकुटी मण्डपमा मंगलबारबाट सुरु भएको छ । अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा सुरु भएको मेलाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिरबहादुर बलायरले गरेका छन् ।

Advertisement

  भदौ  १८ सम्म चल्ने मेलामा  हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन लगायतका १६ वटा ब्राण्डका चार पांग्रे गाडीहरु राखिएका छन् । त्यस्तै बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे सवारी साधन राखिएका छन् । टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन पनि प्रदर्शनीमा राखिएको छ ।

 प्रदर्शनीमा दश ओटा बैंक तथा वित्तीय संस्था, २ ओटा बिमा कम्पनी ,सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका स्टलहरु पनि राखिएको छ ।८७ वटा  संस्थाका स्टल रहने प्रदर्शनीलाई ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री