सोमबार, ७ जेठ २०८१

सोनाक्षी सिन्हा पक्राउ

समयपोष्ट २०७६ साउन २२ गते १०:५३

Advertisement

 

बलिउड नायिका सोनाक्षी सिन्हालाई हतकडी लगाउँदै गरिएको एक भिडिया हाल सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियोमा सोनाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ । सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ ? मैले केही गरेको छैन, म निर्दोष छु ।’

सोनाक्षीको यो भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन् । कतिले सोनाक्षीलाई पक्राउ गरेको कुरा अविश्वसनीय भएको बताइरहेका छन् भने कतिले यो सोनाक्षीको फिल्मको प्रमोशनको तरिका बताएका छन् । भिडियोको वास्तविकताबारे अहिलेसम्म केही जानकारी उपलब्ध छैन ।

 

नायिकाले सोसल मिडियामार्फत् दिइन् स्पष्टिकरणः

सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री