सोमबार, ७ जेठ २०८१

अर्जुन कपुरसंग सम्बन्धमा रहेकी मलाइकाले अरबाज र अरहानको बाल्यकालको तस्विर पोष्ट गर्दै यस्तो लेखिन्

समयपोष्ट २०७६ साउन २१ गते १४:३१

Advertisement

बलिउड नायिका मलाइका अरोडाले हालै आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा फोटो सेयर गरेकी छिन् । जसमा उनले छोरा अरहानको तस्बिर र अरबाज खानको वाल्यकालको तस्बिर पोष्ट गरेकी छन् । अरबाज र अरहानको यो तस्बिरलाई पोष्ट गर्दै लेखिन्, ‘अरहान तिमी ठ्याक्कै आफ्नो पापाको फोटोकपी हौ ।’

आफू अर्जुन कपुरसँगको सम्बन्धमा रहेको मलाइकाले स्विकार गरिसकेकी छिन् । यी दुईको विवाहको अत्यधिक चर्चा हुने गर्छ । यद्यपि, यसबारे मलाइकाले स्पष्टिकरण दिइसकेकी छिन् । मलाइकाले मिडियासँगको कुराकानीमा भनिन्, ‘मलाई लाग्छ कि खुसी मनको एउटा स्थिती हो, यस्तोमा तमाशा किन गर्ने ? हो, म खुसी छु र यसका लागि यतिधेरै स्पष्टिकरण पनि दिन आवश्यक छैन । यहाँ अन्त्यमा तपाईंको विवाहबारे नै अनुमान लगाइन्छ । बोल्नका लागि यस्तो प्रकारको अनुमानबाट कसैलाई पनि छोडिँदैन । जस्तै हामीले भन्यौं, विवाहबारे कुनै प्रकारको कुराकानी भइरहेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री