सोमबार, ७ जेठ २०८१

करिना कपुरबाट १० वर्षपछि अलग्गिइन् उनकी म्यानेजर पुनम दमानिया

समयपोष्ट २०७६ साउन २१ गते १३:३८

Advertisement

करिब १० वर्षदेखि करिना कपुरकी म्यानेजर रहेकी पुनम दमानिया उनीबाट अलग्एिकी छिन् । ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी म्याट्रिकमार्फत् करिनासँग जोडिएकी पुनम अब उनी यो कम्पनीबाट अलग्गिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसैकारण उनले अब करिनाको म्यानेजरको पद सम्हाल्ने छैनन् ।

पुनमले करिनाका लागि विज्ञापनको डिल, फिल्मलाई म्यानेज गर्ने, फोटोसुटको ग्ल्यामरस तस्बिर र सैफ र तैमुरसँगको पारिवारिक भेकेसनको तस्बिर उनको इन्स्टाग्राम ह्यान्डलमा पोष्ट गर्नेलगायतका काम हेर्थिन् ।

भारतीय संचार माध्यममा प्रकाशित रिपोर्टका अनुसार पुनमले एक महिनाअघि म्याट्रिक्सबाट बिदा भएकी थिइन् । कथित रुपमा पछिल्लो केही समयदेखि उनको र कम्पनीबीच मतभेद देखिएको थियो । पुनमले आफ्नै ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी खोल्ने सम्भावना छ । यो पनि भनिएको छ कि पुनमले अहिले म्याट्रिक्सको सेलिब्रिटी म्यानेजमेन्ट एजेन्सी क्वान ज्वाइन गरेकी छिन् । उनी कम्पनीमा सिनियर पार्टनरको रुपमा संलग्न भएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री