शुक्रबार, १४ वैशाख २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रद निष्काशन प्रकृया अघि बढ्यो

समयपोष्ट २०७६ साउन २१ गते १३:३०

Advertisement

लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढाएको छ ।

बीमा समितिले तोकेको न्युनतम चुक्ता पूँजी कायम गर्न इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रकृया अघि बढाएको हो।

इन्स्योरेन्सको हकप्रदलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ्ग दिएको हो।

इन्स्योरेन्सको गत बैंशाख २५ गते सम्पन्न विशेष साधारण सभाले हाल कामय ८८ करोड चुक्ता पूँजीको २० प्रतिशत अर्थात १० बराबर २ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री प्रस्ताव पारित गरिसकेको छ।

२० प्रतिशत हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा इन्स्योरेन्सले सीबीआइएल क्यापिटल नियुक्त भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री