शुक्रबार, ४ जेठ २०८१

युवतीलाई चरमोत्कर्षमा पुर्याएर सन्तुष्ट पार्ने ८ तरिका

समयपोष्ट २०७६ साउन २० गते १९:२२

Advertisement

दाम्पत्य जीवनलाई हरिलोभरिलो, सुखी र सुन्दर बनाउन सम्भोगको महत्वपूर्ण भूमिका हुन्छ ।  सम्भोग अर्थात् समान सहकार्य, समान साथ र समान संलग्नतामा सम्पन्न हुने क्रिया । हाम्रोजस्तो पुरुषप्रधान समाजमा श्रीमान्हरू सम्भोग भनेको केवल आफूले आनन्द लिने विषय ठान्छन् । उनीहरू बिर्सन्छन् कि श्रीमतीको पनि आनन्द लिने र सन्तुष्ट हुने अधिकार हुन्छ ।

सम्भोगमा महिला र पुरुषको समान सक्रियता भएन भने कि त त्यो करणी हुन्छ, कि त एउटा खल्लो कार्य । महिला र पुरुषका गोप्य अंगहरूको सम्पर्कमात्र सम्भोग होइन । दुवैले समान आनन्द पाएनन् भने त्यो सम्भोग रहँदैन । भनिन्छ, सम्भोग  ९० प्रतिशत मानसिक र १० प्रतिशत शारीरिक प्रक्रिया हो । यो कला हो, अनुष्ठान हो ।

जिन्दगीका आधारभूत र प्रमुख रस तथा सुन्दरतामध्ये एक हो । सम्भोग पुरुषत्व या पुंसकत्व देखाउने माध्यम कदापि होइन । बेडरुम युद्धभूमि होइन, प्रेमभूमि हो । दुईचार मिनेटको शारीरिक घर्षणपछि थकित भएर निदाउनु र श्रीमतीलाई अतृप्त छोड्नुले तपाईंलाई न असल श्रीमान् बनाउँछ, न कहिल्यै तपाईंले सम्भोगको सम्पूर्ण आनन्द लिन सक्नुहुन्छ । सम्भोगको शतप्रतिशत आनन्दका लागि जरुरी छ– तपाईंकी श्रीमतीको सन्तुष्टि । त्यसका लागि यी केही टिप्स उपयोगी हुन सक्छन् ।

Advertisement

१) प्राक्क्रीडा लामो गर्नुहोस्

प्राक्क्रीडा लामो भयो भने महिला सम्भोगका लागि पूर्ण रूपमा तयार हुन्छन् । हतार नगर्नुहोला । श्रीमतीका एक–एक अंगलाई मायालु स्पर्श गर्नुहोस्, सुमसुम्याउनुहोस् । उनका ओठ, गाला, आँखा, कान आदिमा चुम्बन गर्नुहोस् । चुम्बन साटासाट गर्नुहोस् । उनका स्तन माड्नुहोस् । स्तनका टुप्पामा चुम्नुहोस् । तिनलाई चुस्नुहोस् । कटिमुन्तिरका भागमा औँला चलाउनुहोस् । तर, ध्यान राख्नुहोस्– श्रीमतीलाई मन नपर्ने वा उनले घिन मान्ने कुनै पनि प्रकारका काम नगर्नुहोस् ।

२) उत्तेजना क्षेत्रलाई ख्याल गर्नुहोस्

महिलाका शरीरमा केही उत्तेजना क्षेत्र हुन्छन् । स्तन या नितम्ब या ‘प्राइभेट पार्ट’मात्रै त्यो क्षेत्र नहुन सक्छ । कुनै महिला घाँटीको पछाडिको भागमा चुम्बन गर्दा या सुमसुम्याउँदा उत्तेजित हुन सक्छन् । कान, घुँडा वा खुट्टाको बूढीऔँला, महिलाको उत्तेजना क्षेत्र जे पनि हुन सक्छ । तपाईंकी श्रीमतीलाई कहाँ चलाउँदा, सुमसुम्याउँदा र चुम्बन गर्दा आनन्द आउँछ, त्यो अंग या क्षेत्र जान्नुहोस् । उनलाई पूर्ण उत्तेजनामा ल्याएपछिमात्रै सम्भोगको अर्काे चरणमा प्रवेश गर्नुहोस् ।

 

३) नयाँ–नयाँ प्रयोग गर्नुहोस्

नयाँ आसन यसका लागि उपयोगी हुन सक्छ । तर, कुनै पनि प्रयोग गर्नुअघि उनको श्रीमतीको अनुमति अनिवार्य छ । त्यस्तै, सम्भोग गर्ने ठाउँ पनि परिवर्तन गर्न सकिन्छ । खाटको सट्टा सोफा वा भुइँमा पनि सम्भोगको स्वाद लिन सकिन्छ । नयाँपनले पनि श्रीमतीलाई सन्तुष्ट पार्न सकिन्छ ।

 

४) जे छ, चुम्बनमा छ

रतिक्रियामा चुम्बनको भूमिका असाध्यै महत्वपूर्ण  हुन्छ । सम्भोगमा लीन हुँदा बारम्बार उनलाई चुम्नुहोस् । उनका ओठ, निधार, स्तन, नाइटो आदि अंगमा तातो किस गरिरहनुहोस् । यसले तपाईं पूर्णतः समर्पित हुनुहुन्छ भन्ने आभास श्रीमतीलाई दिनेछ ।

७) तारिफ गर्नुहोस्

 

श्रीमतीको जीउडाल, रूपरङ, आनीबानी आदिको प्रशंसा गर्नुहोस् । तर, हावादारी तारिफ भने नगर्नुहोला ।

८) उनको चरमोत्कर्षलाई ध्यान दिनुहोस्

महिलाको चरमोत्कर्ष पुरुषको जस्तो सरल हुँदैन । आफू स्खलित भइसकेपछि महत्वपूर्ण  पूरा भयो भन्ने नठान्नुहोला । स्खलित भएपछि पनि उनलाई अँगालोमा बाँधिराख्नुहोस्, चुम्बन गरिराख्नुहोस् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री