शनिबार, ८ वैशाख २०८१

बाढी प्रभावितका लागि बीस २० घर लायन्स क्लबले बनाइदिने

समयपोष्ट २०७४ भदौ १२ गते ६:५६

चितवनको रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ । 
करिब रु ५० लाखको लागतमा यहाँ रहेका विपन्न परिवारका लागि घर निर्माण गर्ने निर्णय भएको सो संस्थाका पूर्व अध्यक्ष नीरज श्रेष्ठले जानकारीदिए । बाढीले यहाँका सुकुम्बासीको २० घरमा क्षति पु¥याएकाले परियोजना सञ्चालन गरेर उनीहरुका लागि नयाँ घर निर्माण गर्न लागिएको उनले बताए । 

Advertisement

 घर निर्माणमा रत्ननगर नगरपालिकाले जग्गा उपलब्ध गराइदिने घर निर्माणमा कम्तिमा रु दुई लाख सहयोग गर्नेको दाताको नाम राखिने जनाइएको छ । लायन्सका प्रतिनिधि विभिन्न सङ्घसंस्था तथा व्यवसायीबाट घर निर्माणमा योगदान हुनसक्ने लायन्स क्लब अफ चितवन राइनो सिटीले जनाएको छ । घर निर्माणसँगै सो क्षेत्रलाई वातावरणमैत्री बनाइने, घरसँगै सामुदायिक भवन तथा शौचालय बनाइने, बालबालिकालाई शिक्षा दिइने, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने र आयस्रोतका लागि कोष स्थापना गरी क्षमताअनुसारको रोजगारीको व्यवस्था मिलाइने जनाइएको छ 
बाढीले रत्ननगर नगरपालिकाका विभिन्न बस्ती डुबानमा पारेकामा नगरपालिकाको वडा नं ५, ६ र ७ मा ६०० भन्दा बढी परिवार प्रभावित भएका थिए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री