सोमबार, ७ जेठ २०८१

यसकारण गरेकी थिइन् काजोलले अजयसंग लुकीछिपी विवाह

समयपोष्ट २०७६ साउन २० गते ११:४३

Advertisement

बलिउड अभिनेता अजय देवगन र उनकी पत्नी काजोलको विवाह भएको १९ बर्ष पुुगेको छ । १९ वर्षे वैवाहिक जीवनकालमा काजोल र अजयले थुप्रै फिल्ममा काम गरे र दर्शकको मन जित्न पनि सफल भए ।

यसैबीच, अगस्ट ५ मा जन्मदिन मनाइरहेकी काजोलको अजयसँगको प्रेम निकै रोचक छ । विवाहपछिका दिनहरुमा वैवाहिक सम्बन्ध बन्दै र बिग्रदै गर्ने बलिउडको दुनियाँमा उनीहरुको जोडी एक उदाहरणको रुपमा लिइन्छ । विवाहको सुरुका दिनहरुमा अजय बलिउडका भर्खर भर्खर पाइला सार्दै थिए भने काजोल उचाईमा पुगिसकेकी थिइन् ।

भारतीय मिडियालाई दिएको अन्तर्वातामा काजोलले किन अजय देवगनसँग विवाह गर्ने निर्णय लिएकी थिइन् भनेर खुलासा गरेकी छिन् । उनले भनिन्, ‘त्यो समयमा यो फैसला मेरो लागि बिल्कुल सही थियो । मैले लगभग साढे आठ वा नौ वर्ष लगातार काम गरिसकेकी थिएँ । त्यसैले मैले कामबाट थोरै फुर्सद लिने बारेमा सोचेकी थिएँ । र कामलाई किनारा लगाउन विवाह गर्ने बारेमा सोचेँ ।’ सन् १९९९ मा वैवाहिक जीवनमा बाँधिएका काजोल र अजयका दुई छोराछोरी छन् ।

उनीहरु पहिलोपटक फिल्म ‘गुंडाराज’ को सेटमा मिलेका थिए । त्यतिबेला अजय चुपचाप बस्ने गर्थे त्यसैले सबैले उनलाई घमण्डी सोच्थे । तर, काजोललाई भने उनका हरेक कुरा राम्रो लाग्न थाल्यो । भेटघाट बढ्न थाल्यो । धेरै समय साथमा बिताउन थाले । र पछि विवाह गर्ने निर्णय लिए ।

Advertisement

अजयले उनीहरुको विवाह घरको छतमा भएको बताएका थिए । उनी ‘बेडरुम’बाट निस्किए र छतमा गए अनि विवाह गरे । फेरि ‘बेडरुम’ मा आए । सहज तरिकाले सबै कुरा सकियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री