सोमबार, ७ जेठ २०८१

४० बर्षको उमेरमा आफ्नै प्रशंसकसंग राखीले गरिन् गोप्य विवाह,तस्विर भाइरल

समयपोष्ट २०७६ साउन २० गते १०:०४

Advertisement

अन्ततः राखी सावन्तले आफूले विवाह गरेको स्विकारेकी छिन् । यसअघि ४० वर्षे कन्ट्रोभर्सी क्विनले आफ्नो विवाह अस्विकार गरेकी थिइन् । उनका अनुसार उनका श्रीमानको नाम रितेश हो ।

उनी युरोपमा बस्छन् । विवाहपछि उनी पुनः विदेश गइसकेको राखीले बताएकी छिन् ।स्पटबोयलाई दिएको अन्तर्वार्तामा राखीले आफू आमा बन्नमा कुनै हतार नभएको बताएकी छिन् । उनले भनिन्, म सन् २०२० मा आमा बन्ने सोचमा छु ।’

आफ्नो विवाहपछि राखी निकै उत्साहित छिन् । उनले विवाहित महिलाको गेटअपमा विभिन्न तस्बिर सेयर गरेकी छिन् ।

Advertisement

यी तस्बिर निकै चर्चित पनि भइरहेको छ ।राखीले किन यति अचानक विवाह गरेको भन्ने प्रश्नमा जवाफ दिए, ‘सबैभन्दा पहिले त यो भन्न चाहन्छु कि तपाईंहरुले सही जानकारी पाउनुभएको छ कि मेरा श्रीमान् एनआरआई हुन् । मेरा श्रीमानको नाम रितेश हो र उनी यूकेमा छन् ।

उनी यूके फिर्ता भइसकेका छन् । मेरो भिसा प्रोसेस चलिरहेको छ र म पनि उनलाई यूकेमा जोइन गर्नेछु ।’आफ्नो कामबारे कुरा गर्दै राखीले भने, ‘इन्डियामा मैले जे पनि काम पाउँछु त्यो गर्नेछु ।

म सधैं टिभी शो निर्माण गर्न चाहन्थेँ र अब मलाई लाग्छ कि मेरो यो सपना चाँडै नै पूरा हुँदैछ ।’अन्तरवार्तामा राखीसँग उनले रितेशसँग कसरी भेट भयो भनेर सोध्दा उनले भनिन्, ‘यो निकै शानदार स्टोरी हो ।

उनी मेरा प्रशंसक थिए र मलाई ह्वाट्सएपमा मेसेज गर्दथे । कुरा गरेपछि हामी चाँडै नै एक अर्काको साथी बन्यौं । यो करिब एक वर्ष अघिको कुरा हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री