शनिबार, ८ वैशाख २०८१

आर्इएमर्इको दशैतिहार र छठ लक्षित छक्का पञ्जा योजना

समयपोष्ट २०७४ भदौ १२ गते ३:४५

आर्इएमर्इले दशैतिहार र छठलार्इ लक्षित गर्दै आर्इएमर्इ छक्का पञ्जा योजना ल्याएको छ।यो योजना सोमबारदेखि लागु भएर मंसिर ३ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ।
योजना अवधिभर दैनिक लक्की ड्र बाट छनौट हुने ६० जनालाई १०० रुपैँया बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र/पन्ध्र दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ/छहप्तामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैँया नगद प्रदान गरिने कम्पनीले जनायो।यो योजना अन्तर्गत अन्तर्राष्ट्रिय/आन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् ।
अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ।योजनामा आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध व्यक्ति सहभागी हुन पाउने छैनन्।

Advertisement

जीवन बीमा प्राप्त गर्नुहुने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्ने कम्पनीले जनायो ।आईएमईका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ कम्पनीले जनायो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री