सोमबार, ७ जेठ २०८१

भारतमा तोकियो साम्रागीको रेट

समयपोष्ट २०७६ साउन १८ गते २१:०९

Advertisement

आजकाल नेपाली कलाकारले पनि भारतीय मिडियामा स्थान पाउन थालेका छन् । अनमोल केसी हुँदै सुरु भएको यो क्रम भारतका ठूला मिडियालेपनि निरन्तर चर्चाका खबर बनाइरहेका छन् । यसबीच अहिलेकी चर्चित अनि मंहगी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको पनि भारतीय मिडियामा चर्चा हुन थालेको छ ।

केही समय अगाडी भारतको चर्चित मिडिया आजतकले महानायक राजेश हमाललाई अमिताभ बच्चन र सारुख खानसंग तुलना गर्दै समाचार प्रकाशन गरेको थियो भने फेरी पनि सोही मिडियाले साम्राज्ञीको चर्चा गरेको छ ।

Advertisement

आजतकले साम्राज्ञीलाई शाही खलककी नायिका भन्दै चर्चा गरेको होे । आजतकले लेखेको छ सन् २०१६ मा ड्रीम्सबाट डेब्यु गरेकी साम्राज्ञी अहिले नेपाली सिनेमा क्षेत्रमा हाईएस्ट पेड नायिका बनिसकेकीछिन् ।

मात्र ३ बर्षमा उनको स्टारडम निकै बढिसकेको छ । तर फिल्ममा आफनो करियर बनाउँने यी नायिका वास्तविक जीवनमा राजखलकसंग सम्बन्धित छिन् । प्रिया शांडिल्य लेख्छिन् साम्राज्ञी नेहा राज्यलक्ष्मी शाह र महेश बिक्रम शाहकी छोरी हुन् । रिपोर्ट अनुसार साम्राज्ञीको बंशज राज खलकका हुन् ।

साम्राज्ञीको बंशजलाई त्रिभुवन वीर बिक्रम शाहको नेपालबाट राणा राज्य हटाउने श्रेय दिने साम्राज्ञी पृथ्वी नारायण शाहको बंशज भएको पनि प्रियाले समाचारमा उल्लेख गरेकीछिन् ।

साम्राज्ञीले पछिल्लो समय एक फिल्मका लागि १६ लाख पारिश्रमिक लिने गरेको पनि बताईएको छ ।

समाचारमा साम्राज्ञीले आफ्नो पढाईको क्रममा केही समय भारतमा विताएको पनि बताईएको छ ।

नेपाल इन्स्टीट्यूट अफ म्यानेजमेन्ट एन्ड साइन्सबाट सोसियोलोजिमा ब्याचलर्स गरेको पनि समाचारमा बताइएको छ।

समाचारमा साम्राज्ञीको ड्रीम्स फिल्म हिट भएको तर अभिनयमा भने उनको खासै चर्चा नकमाएको बताईएको छ । जुन सत्य होईन ।

साम्राज्ञीले उक्त फिल्ममा अनमोल केसीलाई झण्डै ओझेल पारिदिएकी थिईन् । सोही फिल्मपछि साम्राज्ञीलाई फिल्मी क्षेत्रमा लक लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री