शनिबार, १० साउन २०८२

आज साँझसम्ममा कक्षा १२ को परीक्षाफल सार्वजनिक हुने

समयपोष्ट २०७६ साउन १३ गते ११:३०

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने रहेको छ ।

नतिजा प्रकाशनका लागि आज नै बोर्ड बैठक बोलाइएको छ ।

प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको थियो । परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो ।

यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री