शारिरिक सम्पर्क बिना एक घण्टापनि बस्न नसक्ने यी नायिका
यतिबेला बलिउड अभिनेत्री भूमि पेडनेकर अनन्या पाण्डेसँग मस्ती गरिरहेको छिन् । यहिबेला उनलाई एउटा भिडियोले थुप्रै महिनासम्म चर्चित बनाएको थियो । फिल्म शुभ मंगल सावधानपछि अभिनेत्री नेहा धुपियालाई दिएको अन्तरवार्ता निकै चर्चित भएको थियो ।
वास्तवमा ‘दम लगा के हईशा’ र ‘शुभ मंगल सावधान’ मा सँगै काम गरिसकेका आयुष्मान खुराना र भूमि पेडनेकर एक अर्काबारे धेरै नै जानकार छन् । र त टिभी शो बीएफएफ वोगमा एक–अर्काबारे खुलासा गरिरहेका थिए । नेहाले एउटा प्रश्न सोधेकी थिइन् जसका कारण भूमिका ट्रोलको शिकार हुनुपरेको थियो ।
आउटडोर हुँदा शारिरिक सम्पर्कबाट टाढा हुन्छन् आयुष्मान खुराना
वास्तवमा कार्यक्रममा कुराकानीका बेला नेहाले शारिरिक सम्पर्कबारे प्रश्न सोधेकी थिइन् ।
सुरुमा नेहाले आयुष्मानलाई शारिरिक सम्पर्कबिना कति दिन बस्न सक्नुहुन्छ भनेर सोधिन् । यसमा आयुष्मानले आउटडोर हुँदा उनी शारिरिक सम्पर्क बिना बस्न सक्ने जवाफ दिए ।
भूमिको प्रश्नको जवाफ पनि आयुष्मानले नै दिए
नेहाले यो प्रश्न भूमिमाथि तेर्साइन् आयुष्मानले तत्काल बोलिहाले, ‘एक घण्टा’ । त्यसपछि आयुष्मानले भूमिलाई डेट गर्ने इच्छा राख्ने पुरुषलाईसमेत टिप्स दिन थाले ।
उनले भने, ‘ती व्यक्तिले बेडमा निकै धैर्यता अपनाउनुपर्छ ।’ यसमा भूमिले भनिन्, ‘हो, मलाई स्लो रोमान्स मनपर्छ ।’ स्मरण रहोस्, उनीहरुले यस्ता कुरा रमाइलाको लागि गरिरहेका थिए । एजेन्सी ।
प्रतिक्रिया