आइतबार, ६ जेठ २०८१

काल्र्सबर्ग फाउण्डेसनद्वारा वाईजीपीमा छात्रवृतिको लागि नेपाली छानिए

समयपोष्ट २०७६ साउन १० गते १५:२८

Advertisement

काल्र्सवर्ग फाउन्डेसनले योङ ग्लोबल पायोनियर्स छात्रवृतिको प्रायोजन गर्दैछ । विश्वभरका युवालाई लक्ष्य गरी प्रयोजन गरिएको यस छात्रवृतिमा इन्जिनियरिङ विद्यार्थी सारस अधिकारी नेपालबाट छानिएका हुन् । नेपाली हस्तकला प्रवद्र्धन गर्ने सारसको व्यावसायिक सोचलाई गोर्खा ब्रुअरीले अभिनन्दन गरेको छ ।

विश्वभरीका हजारौँ युवामध्येबाट सारस छानिएका हुन् । वाईजीपी २०१९ युवा लक्षित कार्यक्रम हो ।

यसको थालनी काल्र्सबर्ग फाउन्डेसनद्वारा गरिएको छ । १६ देशका २२ युवा उक्त जर्नीमका सहभागी हुनेछन् । सारस अन्य सहभागीका साथ तीनहप्ते यात्राका लागि तान्जानिया, विश्वविद्यालयको बिजनेस हाउस भ्रमण र एकआपसमा अनुभव साटासाट गर्नेछन् ।

योङ ग्लोबर पायोनियर्स एउटा गैरनाफामुलक संस्था हो । यसले विश्वभरीबाट युवामाझ सांस्कृति आदानप्रदान गर्न सहयोग पुग्छ ।

Advertisement

वाईजीपी लर्निङ जर्नीको अवधारण बिजनेस स्कुलका सुब्रमनियन रंगनले तयार पारेका हुन् । यसको डिजाइन विश्वभरीका वल्र्ड इकोनोमिक फोरम र अन्य आबद्ध संस्थाका कम्पनीसँगको साझेदारीमा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री