आइतबार, ६ जेठ २०८१

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

समयपोष्ट २०७६ साउन ८ गते १९:५९

Advertisement

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो । हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । तर, गौशला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो ।

वि.सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । तर, हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुबिबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । योसँगै छवि र शिल्पाको डिभोर्स प्रक्रियाले नयाँ मोड लिएको छ । शिल्पाले भने आफूलाई छविका दुई श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री