आइतबार, ६ जेठ २०८१

विवाह गर्दै रणवीर र आलिया

समयपोष्ट २०७६ साउन ८ गते १३:५१

Advertisement

अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट प्रेममा छन् । यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् । अब यी दुईको विवाह हुने कपुर परिवारका एक सदस्यले बताएका छन् ।

ती सदस्यका अनुसार रणवीर र आलियाको विवाह आगामी नयाँ वर्ष २०२० को अवसर पारेर जनवरीमा गर्ने सल्लाह भइरहेको छ । अभिनेता ऋषि कपुरको चाहना पनि यी दुईको विवाह होस् भन्ने रहेको छ ।

ऋषि कपुर क्यान्सरका कारण अहिले पनि उपचारमा छन् । उनको स्वास्थ्यमा सुधार आएका कारण अब रणवीर विवाह गर्न चाहन्छन् । आलिया पनि विवाहको लागि तयार छिन् । परिवारले यी दुईको विवाहको तयारी भइरहेको बताए पनि आलिया र रणवीरले विवाहको मिति खुलाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री