सोमबार, ७ जेठ २०८१

पाँचतारे होटलमा अर्डर गरे केरा, बिल देखेपछि झण्डै फेण्ट भए यी नायक

समयपोष्ट २०७६ साउन ८ गते १२:५७

Advertisement

 

हामीले विलासी होटलका मोटो बिलबारे त सुनेको वा भोगेका छौं होला । तर बलिउड नायक राहुल बोसमाथि जे भयो त्यो थाहा पाएपछि सबैजना चकित छन् ।

उनले एक पाँचतारे होटलमा दुईवटा केरा खाए । दुईवटा केराका लागि बिल थियो ४ सय ४२ भारु ।

राहुलले यसबारे ट्वीटरमार्फत् जानकारी दिए । राहुलले भिडियो सुट गरेर आफू तत्काल सुटिङका लागि चन्डीगढमा भएको र त्यहाँको जेडब्ल्यू म्यारियोट होटलमा बसेको बसेको जानकारी दिए ।

Advertisement

भिडियो पोष्ट गर्र्दै उनले लेखे, ‘यो विश्वास गर्नका लागि तपाईंले यो हेर्नुपर्छ । फलफूलले तपाईंको अस्तित्वमा क्षती पुर्याउँछ भनेर कसले भन्छ ? जेडब्ल्यू म्यारियोट चन्डिगढलाई सोध्नुहोस् । ’

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री